Thaha

Saturday 21 September - 2:21 pm NST

भुकम्पपीडितलाई सरकारी सेवा पर्याप्त नभएको  प्रधानमन्त्रीद्वारा स्वीकार


काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पपीडितलाई सरकारी सेवा पर्याप्त नभएको स्वीकार गर्नुभएको छ । भुईचालो गएको एक वर्षपछि पुनर्निर्माण अभियानको सुरुआत गर्न सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री ओलीले पीडितलाई सरकारले चाहेजति सहयोग गर्न नसकेको बताउनुभयो । सरकारले दिने सहयोगले पीडितको घर नबन्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारले केही सहयोग गर्ने र पीडितले त्यसमा थपथाप गर्नुपर्ने बताउनुभयो । ‘सरकारले दिने सहयोगले भुकम्पपीडितको घर बन्न सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सरकारले केही अंश सहयोग गर्नेछ थपथाप आफैले गर्नुपर्छ ।’ पीडितका घर बनाउन ४ खर्ब भन्दा धेरै रकम लाग्ने तर अहिले १ खर्ब ३० अर्बमात्र उपलब्ध रहेको उहाँले बताउनुभयो । चौतारा नगरपालिका–३ मा जनताको घर शिलान्यास कार्यक्रममा बोल्दै उहाँले धान्न सक्ने अवस्था नरहेकोले सरकारले बाहिरी सहयोग स्वीकार गरेको पनि उहाँले बताउनुभयो । संयम, दृढता र सक्रियताका साथ अगाडि बढ्न पनि प्रधानमन्त्रीले पीडितलाई आग्रह गर्नुभयो ।